कंगनाको बहिनीको सबना आजमीलाई प्रश्नः तपाईं भारतविरोधी गतिविधिमा किन लाग्नु हुन्छ?

‘कल्पनाको संसारमा बाच्न मन पराउने’ केटी भनेको भोलिपल्टै कंगना रनौटकी बहिनी रंगोलीले चर्चित अभिनेत्री सबना आजमीलाई देश विरोधी गतिविधिमा लाग्ने मान्छेको संज्ञा दिएकी छिन्। 

सबनाले चर्चामा रहन कंगना कल्पनाको संसारमा बाच्ने गरेको आरोप लगाएकी थिइन्। उनले कंगनालाई भारतीय सिनेमामा नारीको अस्तित्वलाई स्थापित गराउन महत्वपूर्ण योगदान गरेको र राष्ट्रवादको मुद्धा अगाडि सारेकोमा बधाई दिएकी थिइन्।

 उनले यसअघि कुनै अभिनेत्रीको ध्यान यसतर्फ नगएकोमा उनले कंगनालाई पहिले बधाई दिएकी थिइन्। तर, त्यसपछि आलोचना गर्नेक्रममा एकदिन पनि चर्चाबाट बाहिर बस्न नसक्ने अभिनेत्रीको रूपमा कंगनाको चित्रण गरेकी थिइन्।

‘उनी चर्चामा रहन सबै कुरामा आपत्तिजनक बयान दिने गर्छिन। बिचारा केटी, उनी त्यो काम मात्र किन गर्दिनन्, जसमा उनी सबैभन्दा अब्बल छिन्, अर्थात अभिनय।’

उनको यो बयान बाहिरिएपछि कंगनाकी बहिनीले इन्स्टाग्राममा भनेकी छिन्, ‘उनी (सबना) र उनका श्रीमान, चर्चित गीतकार जावेद अख्तर खाली भारत विरोधी राजनीतिमा किन भाग लिन्छन्? चर्चामा रहिरहन?’
उनले सबनालाई ‘सुसाइड ग्याङ’ को सदस्यको उपमा दिइन्। 

अभिनेता सुशान्त सिंह राजपूतको रहस्यमय निधनलाई बलिउड कलाकारको एउटा वर्गले आत्महत्या भनिरहेको छ। 

रंगोलीले लेखेकी छिन्, ‘प्रिय सबना जी, तपाई र तपाईको श्रीमानसँग मेरो एउटा प्रश्न छ। तपाई दुबै आफ्नो काम अभिनय र कविता लेखनमा किन व्यस्त हुनुहुदैन? तपाईहरू भारत विरोधी राजनीतिमा किन सक्रिय भाग लिनुहुन्छ? चर्चामा रहनका लागि हो, यसैकारण? अथवा केही मुद्धाका लागि काम गर्नु हुन्छ? तपाईको भारत विरोधी एजेन्डा सत्य हो भने भारत समर्थक एजेन्डा पनि उत्तिकै सत्य किन हुन सक्दैन? कंगनाका लागि अर्को नियम, तपाईको लागि अर्को नियम किन?

प्रकाशित मिति: : 2020-10-07 12:01:28

प्रतिकृया दिनुहोस्