कोसँग विवाह गर्दैछिन काजल अग्रवालले?

सिघंम फिल्मबाट निकै चर्चा कमाएकी अभिनेत्री काजल अग्रवालको बिहेको कुराले उनी फेरि चर्चामा आएकी छिन्। 

उनले आफ्नो सोसल मिडियामार्फत बिहेको जानकारी दिएपछि काजलको प्रेमीलाई लिएर चर्चा सुरु भएको छ। 

काजल ३० अक्टोबरमा एउटा नीजि समारोहमा गौतम किचलुसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। 

गौतम एक व्यवसायी हुन्। उनी इन्टिरियर डिजाइन र होम डेकोरसँग जोडिएको इ–कमर्श प्लेटफर्म ‘डिसर्न लिभिङ’ का मालिक हुन्। उनीहरूले गत महिना कुरा छिनेका थिए। 

काजलले सिघम, स्पेशल २६, मगाधीरा जस्ता फिल्ममा अभिनय गरेकी छिन्।

प्रकाशित मिति: : 2020-10-07 12:07:37

प्रतिकृया दिनुहोस्