चोरी भएका चन्दननाथका मुर्तिमध्ये दाहिने शंख भेटियो, पक्राउ परेकाबाट ‘क्लु’ भेटिदै

जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिला चोरी भएका मुर्तिमध्ये दाहिने शंख भेटिएको छ। सोमबार पक्राउ परेकाको बयानबाट उक्त शंख भेटियो। 

२०७३ साल मंसिर ११ गते राति मन्दिरबाट चोरी भएकामध्ये दाहिने शंख बुधबार चन्दननाथ १० बोहरागाउँ स्थित खोलापानेमा भेटाएको हो। 

मन्दिरबाट चोरी भएका सबै सामग्री पुरातात्त्विक महत्त्वका रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान १०ः १५ बजे चन्दननाथ १० बोहोरा गाउँ स्थित शुसिल विष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा भेटिएको थियो। 

प्रहरीले मुर्ति सँगै तीन जना संकास्पद व्यक्तिलाई समेत पक्राउ गरेएको थियो। पक्राउ पर्नेमा चन्दननाथ १० का ३२ वर्षीया शुसिल विष्ट, तातोपानी ८ घर भई हाल चन्दननाथ १० मा २८ वर्षीया जयलाल थापा र चन्दननाथ १० कै २३ वर्षीया सुदिप रावल थिए।

उनीहरुले दिएको क्लुको आधारमा दाहिने शंख भेटिएको इनिस्पेक्टर भरतसिंह राठौरले जानकारी दिए।

पाँच वर्ष पहिले चन्दननाथ मन्दिरबाट २१ मूर्ति चोरी भएको भनिएपनि संख्या एकिन हुन सकेको छैन। तथापि  हालसम्म विभिन्न ठाउँमा गरी करिब २१ वटा मुर्ति भेटिएको प्रहरीको भनाइ छ।

चोरी भएका मुर्तिमध्ये तामा र पित्तलले बनेका भगवतीका दुईवटा, विष्णु, गणेश, बाल गोपालका मुर्ति, एउटा मुकुट, बुद्धको ठूलो र सानो मुर्ति, बुद्धले ध्यान गरेको मुर्ति, कृष्ण बालगोपालले मुरली समातेको मुर्ति, पत्थरबाट बनेको हनुमानको मुर्तिसँगै दायाँ र बायाँ शंख र रुद्राक्ष २०७३ पुषमा गुठीचौर गाउँपालिकाको देपालगाउँ स्थित ढुङ्ग्री खोलामा मुर्ति फेला परेका थिए। 

त्यस्तै दत्तात्रयको १८ किलोको चाँदीको मुख्य मुर्ति २०७६ माघमा चन्दननाथ १ दानसाँघुमा रहेको खेतको आलीमा बेवारिसे अवस्थामा भेटिएको थियो।

प्रकाशित मिति: : 2020-10-07 15:12:14

प्रतिकृया दिनुहोस्