डीभी खुलेपछि राहदानी बनाउने बढे

बाह्रखरी

काठमाडाै‌

काठमाडौं । डीभी खुलेपछि राहदानी विभागमा पासपोर्ट बनाउन आउनेहरुको संख्या बढेको छ ।

लामो समयको बन्दाबन्दी र निषेधाज्ञा खुलेपछि राहदानीका लागि आवेदन दिनेको संख्या निकै बढेको हो । पछिल्लो साता ११ सयले राहदानीका लागि आवेदन दिएको राहदानी विभागका सूचना अधिकृत पुष्पप्रसाद भट्टराई बताउँछन् । अहिले दैनिक बढीमा ६/७ सय जनाले विभागमै पुगेर आवेदन दिँदै आएका छन् । यसैबीच अमेरिकाले डीभी खोल्दा डीभी भर्न गत वर्षदेखि पासपोर्ट नम्बर अनिवार्य गरेपछि अहिले विभागमा पासपोर्ट बनाउनेको संख्या बढेको अनुमान गरिएको छ । साथै लामो समय कोरोना महामारीका कारण पनि वैदेशिक शिक्षा अध्ययन, लागि वैदेशिक रोजगारीका लागी र चाडबाडका बेला विदेशमा भएका आफन्तहरुसँग भेटघाटका लागि विभिन्‍न देश जाने हुनाले राहदानी बनाउनेहरुको संख्या बढेको राहदानी विभागले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-08 15:37:29

प्रतिकृया दिनुहोस्