ट्विट डिलिट गरेकी कंगनाविरुद्ध उजुरी दर्ता गर्न अदालतको आदेश

कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले भारतीय अभिनेत्री कंगना रनौतविरुद्ध एफआरआई दर्ता गर्न आदेश दिएको छ।

यो आदेश कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो। त्यसमा उनले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेपछि उनीविरुद्ध एफआरआई दर्ता गर्न आदेश दिइएकाे हाे।

अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि अदालतले आदेश दिएको हो।

अदालतका अनुसार अधिवक्ता रमेश नाइकले कंगनाविरुद्ध अनुसन्धान माग गर्दै फौजदारी प्रक्रिया संहिता (सीआरपीसी) को धारा १५६ (३) बमोजिम निवेदन दिएका थिए।

गत सेप्टेम्बर २१ म कंगनाले किसानले गरेको प्रदर्शनविरुद्ध एक ट्विट गरेकी थिइन्, तर त्यो विवादित बनेपछि उनले डिलिट गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-10-10 07:06:00

प्रतिकृया दिनुहोस्