अनुरागलाई कानूनी कठघरामा उभ्याइदिन पायलले लेखिन् राष्ट्रपतिलाई चिठ्ठी

अभिनेत्री पायल घोषले राष्ट्रपति रामनाथ कोविन्दलाई अनुराग कश्यपविरूद्धमो मुद्दामा चासो दिन पत्र पठाएकी छिन्। 

पायलले सोमबार आफ्नो ट्वीटरमा मार्फत सो पत्र सार्वजनिक गरेकी थिइन्। पायलले भनेकी छिन्, ‘अनुरागविरूद्ध अनुसन्धान राम्रोसँग भइरहेको छैन। यो मुद्धामा मलाई न्याय दिन हजुरको खाँचो छ।’

पायलले २२ सेप्टेम्बर वर्सोवा पुलिस स्टेशनमा बलात्कारको मुद्दा दर्ता गरेकी छिन्।

‘आरोपितले मलाई फिल्म उद्योगमा काम दिन आग्रह गर्दै उसको घरमा बोलाएको थियो। त्यसपछि उसले मसँग घोर अपराध गरे। मैले उजुरीपनि गरेको छु। तर अनुसन्धानमा हालसम्म कुनै प्रगति भएको छैन। आरोपी एक धेरै प्रभावशाली व्यक्ति हो र त्यसैले पुलिस अधिकारीहरूले उनलाई पक्रन सकेनन्,’ उनले लेखेकीछिन्।

‘यदी उनको सट्टा कुनै गरिव व्यक्तिले अपराध गरेको भए तुरुन्तै पक्राउ हुने थियो। पुलिसले उनलाई उही दिन पक्रने थियो,’ उनले अगाडि देखेकी छिन्।
 
उनले प्रहरीले स्वतन्त्रतापूर्वक छानविन नगरेको समेत आरोप लगाएकी छिन्।

‘मेरो मामलामा आरोपी अभियुक्त प्रभावशाली छ र उनी स्वतन्त्रतापूर्वक छानविन गर्न भाँजो हालिरहेका छन्। र, म यसको शिकार भए पनि जोडिएको हातले न्यायको लागि हरेक ढोका ढकढक्याउँदै छु। यी परिस्थितिहरूमा म तपाइँलाई मेरो मुद्दामा चासो दिन र मलाई न्याय पाउन सहयोग गर्नुहुन्छ भन्ने आशा व्यक्त गर्दछु,’ उनले लेखेकी छिन्। 

अर्कोतर्फ, पायलविरुद्ध मानहानीको मुद्धा परेको छ। उनका वकिलले आज हाईकोर्टमा बहस गर्दै छन्। यो मुद्धा रिचा चड्ढाले हालेकी हुन्।

पायलका वकिलले भने रिचासँग माफी माग्न तयार रहेको बताइसकेका छन्।

यसभन्दा पहिले पनि पायलका वकिलले उनलाई रिचासँग माफी माग्न आग्रह गरेका थिए। तर सोही दिन ट्वीटरमा यसलाई उनले अस्वीकार गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-10-13 10:15:00

प्रतिकृया दिनुहोस्