अनुराग मुद्धामा पायलले माफी मागिन् रिचासँग

फिल्म निर्देशक अनुराग कश्यपमाथि बलात्कारको मुद्धा दायर गर्ने अभिनेत्री पायल घोषले अर्की अभिनेत्री रिचा चड्ढासँग माफी मागेपछि चुलिएको विवाद समाप्त भएको छ। 

बुधबार मुम्बईको उच्च अदालतमा पायलले बलात्कार मुद्धामा रिचाको नाम लिँदा आफूबाट गल्ती भएको स्विकार गरिन्। 

अनुरागले आफूलाई बलात्कार गर्ने बेला रिचाको पनि नाम लिएको भन्दै पायलले भारतीय मिडियामा वक्तब्य दिएकी थिइन्। 

रिचाले यसविरूद्ध उजुरी दर्ता गरेकी थिइन्। उनले पायलमाथि १ करोड १ लाख बराबरको मानहानी मुद्धा दायर गरेकी थिइन्। यस विषयमा पायलले नाम सार्वजनिक गरेर आफूले गल्ती गरेको बताइन्। 

उनले निःशर्त माफी मागेपछि अदालतले झगडालाई अगाडि नबढाउन आदेश दिएको छ। अदालतले यसअघि पायलले सोसल मिडियामा रिचामाथि गरेको सम्पूर्ण टिप्पणी हटाउनुपर्ने आदेश दिएको छ। 

प्रकाशित मिति: : 2020-10-15 15:02:00

प्रतिकृया दिनुहोस्