गल्ती स्वीकारे रजनीकान्तले

रजनीकान्त
दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्तले सम्पत्ति कर विवादमा आफ्नो गल्ती स्विकार गरेका छन्।

दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्तले सम्पत्ति कर विवादमा आफ्नो गल्ती स्विकार गरेका छन्। उनले मद्रास उच्च अदालतले महानगरपालिकासँग विवाद सुल्झाउन दिएको सुझावलाई मनन गर्दै एकै पल्ट अदालतमा मुद्धा दायर गर्नु गल्ती भएको स्विकार गरेका छन्। 

सम्पत्ति कर विवादमा चेन्नई महानगरपालिकासँग छलफल नगरि रजनीकान्तले एक्कासी अदालतमा मुद्धा दायर गरेका थिए। उनले लकडाउनको अवधिमा कसरी महानगरपालिकालाई कर तिर्ने भनेर प्रश्न उठाउँदै अदालतमा मुद्धा दायर गरेका थिए। 

बिहीबार उनले ट्वीट गर्दै भने, ‘हामीले यो मुद्धामा मद्रास उच्च अदालतको सट्टा चेन्नई महानगरपालिकासँग कुराकानी गर्नुपर्ने थियो। हामी आफ्नो गल्ती सुधार गर्छो। यसले हामीलाई सिकाएको पनि छ।’

बुधबार उच्च अदालतले रजनीको मुद्धामा आफ्नो फैसला सुनाएको थियो। जसमा रजनीलाई समय कटाउनुको सट्टा यस्तो कुरामा महानगरपालिकासँग कुराकानी गर्नुपर्ने थियो भनेर आफ्नो फैसला सुनाएको थियो। 

चेन्नई महानगरपालिकाले केही समयअघि रजनीलाई उनको विवाह मण्डप श्रीराघवेन्द्र कल्याण मण्डपले सरकारलाई तिर्नुपर्ने ६ लाख ५० हजार रुपैयाँ कर जम्मा गर्न आग्रह गरेको थियो। तर, रजनीले यसलाई अनुचित बताउँदै अदालत पुगेका थिए। उनले अदालतमा २४ मार्चदेखि लकडाउनका कारण आफ्नो विवाह मण्डप बन्द भएकोले गर्दा कमाईं नहुँदा कसरी कर तिर्ने भनेका थिए।

प्रकाशित मिति: : 2020-10-16 11:52:00

प्रतिकृया दिनुहोस्