भद्रगोल अन्तर्राष्ट्रिय विमानस्थलः  स्तरोन्नतीका नाममा यस्तो लाफरवाही!(भिडियो सहित)

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भित्री भाग पुनर्निमार्णमा भएको ढिलासुस्तीले समग्र देशलाई गिज्जाईरहेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यस्तो ढिलासुस्ती र अनियमितता हुँदा जिम्मेवार निकाएको ध्यान गएको छैन। 

दैनिकजसो मन्त्रीदेखि सरकारी अधिकारी यहीँ विमानस्थल प्रयोग गर्छन्, तर उनीहरूले यस्तो भद्रगोल विमानस्थलको अवस्था सुधारबारे चासो दिएका छैनन्। 

विभिन्न बाहाना बनाउदै आर्थिक अनियमीततामा लिप्त विमानस्थल ब्यवस्थापन अधिकारीले जिम्मेवार निकायका अधिकारीलाई विभिन्न प्रभावमा पारेकाले विमानस्थलमा भईरहेको ढिलासुस्ती र अनियमितताले तिब्रता  लिने गरेको छ। 

विमानस्थलको अन्तर्राष्ट्रिय डिपार्चर क्षेत्रमा भईरहेको पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यात्रा गर्ने यात्रुलाई सास्ती हुने गरेको छ। 

विमानस्थल ब्यवस्थापनले डिपार्चर क्षेत्रलाई पुननिमार्ण गर्ने भन्दै करिव ४ महिनादेखि काम थाले पनि अहिलेसम्म निमार्ण नहुँदा यात्रुदेखि विमानस्थल भित्रका ब्यवसायीले विभिन्न समस्या भोग्नु परेको छ। 

विमानस्थललाई फराकिलो र आकर्षक बनाउने नाममा भएको ढिलासुस्तीको मारमा यात्रु, सुरक्षाकर्मी तथा ब्यवसायीहरू परेका छन्। 

डिपार्चर क्षेत्रमा करिब ४ महिनादेखि सुरु भएको मार्बल विछ्याउने काम अहिलेसम्म पनि पुरा भएको छैन। जसका कारण दैनिक यात्रा गर्ने यात्रुदेखि सुरक्षाकर्मी अनि सो क्षेत्रमा ब्यवसाय गर्नेलाई समस्या परेको हो। 

विमानस्थल ब्यवस्थापनका कर्मचारीहरु कमिसनको चक्करमा लाग्दा यस्तो समस्या भएको स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। 

फराकिलो बनाउने बहानामा लामो समयदेखि सुरू भएको कामले अहिलेसम्म पूर्णता पाएको छैन। डिपार्चर क्षेत्रमा भएका एअरलाईन्स काउन्टरलाई आकर्षक बनाउनेदेखि भएको पुरानो मार्बल निकालेर नयाँ राख्ने बताइए पनि पुरानो नझिकेर त्यसैमा नयाँ टाँस्न थालिएको छ।

विमानस्थलका अधिकारीले मोटो कमिसन लिएर राख्नै नपर्ने मार्बलमा फेरि अर्को राख्न लगाएको तथ्य खुलेको छ। 

‘यो सबै कमिसनको चक्करले हो’, विमानस्थल सुरक्षामा खटिएका एक उच्च सुरक्षा अधिकारीले भने, ‘हेर्नुहोस्, अहिले यो मार्बल विछ्याउनुपर्ने थिएन, यस्तो राम्रो हुँदाहुँदै अर्को राख्नु के अर्थ, फेरि त्यसैमा टासेर।’ 

ती अधिकारीले अगाडि भने, ‘दैनिक हजारौ यात्रुले यात्रा गर्ने स्थानमा यस्तो भद्रगोल छ, यो भद्रगोल कहिलेसम्म? विमानस्थल बनाउने नाममा भएको यो भष्ट्राचार कसले देख्ने।

बिहानदेखि बेलुकासम्म २–४ जना कामदारले मात्र काम गरेको देखिन्छ। भद्रगोल अवस्थामा रहेको यो कार्यले दैनिक यात्रा गर्नेलाई निकै कष्ट हुने गरेको छ।’

लकडाउनका बेला सकाउने भनिए पनि अहिलेसम्म अवस्थामा कुनै सुधार नआएको भन्दै एक व्यापारीले आक्रोश पोखे।‘लकडाउन भित्रै सक्ने भने पनि अहिलेसम्म जस्ताको तस्तै छ। अनि हामीले यस्तो अवस्थामा विमानस्थल भित्र कसरी ब्यापार गर्ने?’  बिएल नेपाली सेवासँग कुरा गर्दै ती ब्यापारीले भने, ‘पहिला लकडाउन भयो, विमानस्थल बन्द थियो त्यतिबेला सकाएको भए आज यस्तो अवस्था आउने थिएन। यो त रातारात बनाउने पर्ने होइन र? अन्तर्राष्ट्रिय बिमानस्थलको यस्तो अवस्था छ, अनि कहाँबाट राम्रो सन्देश जान्छ।’ 

एक त कोभिडको डर त्यसमाथि मार्बल काट्दा आउने आवाजले यात्रुलाईसमेत हैरानी बनाएको छ। 

डिपार्चर क्षेत्रमा भईरहेको ढिलासुस्तीबारे विमानस्थल प्रवक्ता देवचन्द्र लाल कर्णले  विमानस्थललाई ब्यवस्थित बनाउन लागेको दाबी गर्छन्। 

बिएल नेपाली सेवासँग कुरा गर्दै प्रवक्ता कर्णले भने, ‘हामी विमानस्थललाई ब्यवस्थित बनाउने चरणमा छौं, अराईभल क्षेत्रको काम सकिएर प्रयोगमा पनि आईसक्यो, डिर्पाचर तिर ग्रेनाईट विछ्याउने काम हुँदैछ, ७० प्रतिशत सकियो बाँकी ३० प्रतिशत पनि चाडै सकाउँछौं।’

यात्रुको असुविधालाई ध्यानमा राखेर रातको समयमा मात्र ग्रिनाईट विच्छाउँदै आएको भन्दै उनले त्यसलाई चाडै सकाउने बताए।
 

प्रकाशित मिति: : 2020-10-16 13:29:00

प्रतिकृया दिनुहोस्