गाउँबाट काठमाडाैँमा आएर विद्यार्थी जीवन बिताउन कति कठिन हुन्छ भन्ने सायद धेरैलाई थाहा भएकाे कुरा हाे। गाउँकाे जस्ताे अवस्था हुँदैन, यहाँ। सबै कुरा पैसा भए मात्रै पाइन्छ। यहाँ फ्रीमा पाइने भनेकाे हावा मात्रै हाेला। त्यसैले गरीब परिवारबाट काठमाडाैँमा आएर पढ्दै काम गर्न धेरै संघर्ष गर्नुपर्छ।
करिब एक दशक अगाडि भाेजपुरबाट काठमाडाैँमा छिरेकी सुमी शर्माले पनि यसैगरी विद्यार्थी जीवनमा धेरै संघर्ष गर्नु परेकाे थियाे। उनले भाेजपुरमा ६ कक्षा पढ्दै गर्दा परिवार माेरङमा बसाइँ सर्याे। उनले कक्षा १० सम्मकाे अध्ययन त्यही पूरा गरिन्। उनी बाल्यकालदेखि नै व्यापार व्यावसया गर्न रूचि राख्थिन। तर, व्यापारकाे लागि लगानी गर्नु उनकाे परिवारकाे लागि धेरै ठूलाे कुरा थियाे। त्यसमाथि उनकाे एसएलसी उत्तीर्ण गरेर परिवारकाे चाहानाविपरित काठमाडाैँ जाने र व्यवासाय गर्ने साेच। उनकाे याे साेचप्रति परिवारले असहमति राखिनै रह्याे। तर, उनी आफ्नाे साेचअनुसारकाे काम गरेर छाड्ने अठाेट गरिकी थिइन्। त्यसैले उच्च शिक्षा अध्ययन गर्ने भन्दै उनी काठमाडाैँ हिँडिन्।
परिवारकाे इच्छाविपरित राजधानी पसेकी उनलाई सुरूवाती समयमा निक्कै गाह्राे भयाे। काठमाडाैँकाे महंगी, घरबाट पैसा पठाएर मात्रै उनकाे जीवन चल्नेवाला थिएन। काठमाडाैँ छिरेकाे केही दिनमै उनी जागिर खाेजीमा लागिन। उनलाई यहाँ बाँच्न र पढ्नकाे लागि पैसा आवश्यक थियाे।
देशकाे पूर्वी भेगबाट राजधानी छिरेकी उनले सुरूमा त यहाँका मानिसकाे बाेली र व्यावहार नबझेरै धेरै दु:ख पाउनुपर्याे। उनले गाउँमा हुँदै सुनेकी थिइन, सहरका मान्छे कठाेर हुन्छन्। त्यसैले काठाेर मन भएका मान्छेकाे भीडमा दया देखाउनु भन्दा आँट गरेर काम गर्नुपर्छ भन्ने कुरा उनले गाउँमा हुँदै बुझेकी थिइन्। त्यसैले अधिक कठिनाइबीच उनले विविन्न क्षेत्रमा अनेकाैँ काम गरिन्।
काठमाडाैँका शाेषकहरूले श्रमकाे मूल्य बुझ्रदैनन्। यहाँ जति काम गरे पनि श्रमकाे मूल्य पाइदैन भन्ने कुराकाे उनी साझै अनुमान लगाइन्। तर, के गर्नु परिवारकाे सल्लाहविपरित काठमाडाैँ हान्निएकी उनलाई यहाँ टिक्नु मात्रै ठूलाे कुरा थियाे। त्यसैले दुई वर्षसम्म पढाइ राेकेर काम मात्रै गरिन्।
‘काठमाडाैँ आएकाे फस्ट फस्टमा त धेरै गाह्राे भयाे। काम गर्नु कि पढ्नु त्यसैले केही समय पढाइ राेकेर काम मात्रै गरेँ,’ उनले विगतका कुरा सुनाइन्।
उनले निरन्तरकाे संघर्षपछि आफ्नाे पढाइलाई निरन्तरता दिने साेच बनाएर रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भइन्। अब काम र उनकाे पढाइ सँगै–सँगै अगाडि बढ्याे। त्यतिबेलासम्म सुमीका दुईवटी बहिनी पनि काठमाडाैँ आएका थिए। समय जति ढल्दै गयाे, जिम्मेवारी पनि त्यतिनै बढ्दै गयाे। अरूकाेमा काम गरेर घरकाे जिम्मेवारी पूरा गर्न उनलाई कठिन भयाे, उनी भाैतिरन थालिन्।
जतिसुकै पीडा थपिँदै गए पनि उनी भित्रकाे व्यापारी बन्ने चाहाना ओइलाएकाे थिएन। त्यसैले उनले मनभित्र उकुसमुकुस भइरहेका व्यापारी बन्ने चाहानालाई जीवन दिने साेच गरिन्। काठमाडाैँमा व्यापार गर्ने ? त्यही पनि ऋण धन गरेर। त्यसमाथि व्यापार न हाे राम्राे हुन्छ भन्ने ग्यारेण्टी हुने कुरै भएन। त्यसैले सुरू गर्नुअघि नै धेरै साेच विचार गर्नुपर्ने थियाे। उनले काठमाडाैँमा कमै मात्र सञ्चालनमा रहेकाे नवीन व्यापार गर्ने निर्णयमा पुगिन्।
त्यसपछि उनले काठडाैँकाे थापागाउँमा सुरू गरिन् गाँजा, अल्लाे लगायतबाट तयार भएकाे कपडाकाे व्यापार। गाँजाकाे पनि कपडा हुन्छ ? उनकाे पसलमा आउने धेरैले आश्चर्य मान्दै साेध्थे तर किन्दैन्थ। सुरूमा उनकाे व्यापार राम्राे सँग चलेन। तर, जब यस्ता कपडाकाे महत्व मानिसहरूले बुझ्न थाले त्यसपछि त उनले साेचेका भन्दा पनि धेरै व्यापार भयाे।
‘सुरूमा त व्यापार नै भएन नि। ल्या अब व्यापार भएन भने के गर्ने ? सारै डर लाग्थ्याे,’ सुमीले भनिन्, ‘तर, म पछि हटिनँ बरू यस्ता कपडाकाे फाइदाबारे सबैलाई बुझाउन थालेँ, त्यसपछि त व्यापार चकाचक।’
हालैका दिनहरूमा पनि गाँजा लगायतबाट बनेका कपडाकाे महत्व बुझ्ने मानिसहरू कामै छन्। तर, यसले मानिसकाे स्वास्थ्यकाे लागि धेरै राम्राे गर्ने सुमी बताउँछिन्।
‘गाँजाबाट बनेका कपडाकाे औषधीको रुपमा पनि प्रयाेग गरिन्छ। यसका धेरै फाइदा छन्,’ सुमीले भनिन्। हाल उनकाे पसलमा रहेक किसिमका तयारी पाेशाक लगायत माक्स, जुत्ता, चप्पल, सबै उमेर समूहका लागि झाेलाहरू पाइन्छन्।
सुमीले व्यापार सुरू गरेकाे करिब सात वर्ष पुग्याे। याे अवधिमा धेरै मिहेनत गरेकी उनले सफलताकाे स्वाद चाखिसकेकी छिन्। उनले सानाे लगानीबाट सुरू गरेकाे व्यापार अहिले लाखाैँ मूल्यमा परिणत भएकाे छ। भने, उनले केहीलाई राेजगारी समेत दिन सफल भएकी छिन्।
कुनै दिन भाेक–भाेकै अरूकाेमा जागिर गरेकी उनी अहिले भने अरूलाई समेत सहयाेग गर्न सक्ने भएकी छिन्। भन्छिन्,‘जीवनमा असफल भन्ने केही छैन।’