आफ्नै अस्तित्व खोजिरहेको रामायण भवनः अक्षय कोषको रकम हिनामिना, बजेट छुट्टाइन्छ काम हुँदैन

पहिलोपोष्ट

काठमाडाैं

जनकपुरधाम: जनकपुरधामका अधिकांश स्थलको सम्बन्ध राम र सीतासँग जोडिएका छन्। सीता, राम र रामायणसँग सम्बन्धित विभिन्न मठ मन्दिर समेत यहाँ रहेका छन्। सोही मध्ये जनकपुरधामस्थित राम मन्दिरको ठिक अगाडि धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवन समेत पर्छ।

शहरको प्रमुख क्षेत्रमा नै रहेको जनकपुरधामको ऐतिहासिक रामायण भवन अहिले आफ्नै अस्तित्व खोजिरहेको छ। रामचरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन संरक्षण अभावमा जीर्ण हुँदै गइरहेको छ।

तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षणतर्फ कुनै निकायले ध्यान दिन नसक्दा अस्तित्व नै मेटिने खतरा बढेको स्थानीय बताउँछन्।

धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ। यस्तै, सीता-रामको विवाहसँग सम्बन्धित तस्बिर समेत भवनको भित्तामा कुँदिएका छन्। हाल भित्ता चर्किँदा कुँदिएका शब्द र तस्बिर नबुझिने भएका छन्।

प्रकाशित मिति: : 2020-10-17 01:27:00

प्रतिकृया दिनुहोस्