कंगनाविरूद्ध ४ दिनमा दोस्रो उजुरी

अभिनेत्री कंगना रनोटमाथि अर्को मुद्धा दर्ता हुने भएको छ। 

मुम्बईको बान्द्रा अदालतले बलिउडमा हिन्दु–मुस्लिमको नाममा विभाजन गर्न खोजेको आरोपमा उजुरी कर्ता साहिल असरफ अली सैयदलाई मुद्धा दर्ता गर्न आदेश दिएको छ। 

चार दिनअघि पनि कंगनाविरूद्ध तुमकुर (कर्नाटक) मा दर्ता भएको थियो। 

उजुरीकर्ता साहिलले भनेका छन्, ‘कंगना केही महिनादेखि बलिउडमा परिवारवाद र गुटवन्दी भएको भन्दै लगातार आरोप लगाइरहेकी छिन्। उनले आफ्नो आधिकारीक ट्वीटरमा ट्वीट गरेको एउटा टेलिभिजन अन्तर्वार्तामा हिन्दु–मुस्लिम कलाकारलाई विभाजन गर्न खोजेको देखिएको छ।’

चार दिनअघि किसानको अपमान गरेको आरोपमा उनीविरूद्ध कर्नाटकको क्याथासान्द्रा पुलिस चौकीमा उजुरी परेको थियो। 

वकिल एल रमेश नाइकले खेतीसँग जोडिएको कानुनको विरोध गर्ने किसानलाई आतंकवादी भनेको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2020-10-18 15:01:00

प्रतिकृया दिनुहोस्