प्रकाश र मेलिनाको पिरतीको भिसा सार्वजनिक

प्रकाश र मेलिनाको पिरतीको भिसा सार्वजनिक
प्रकाश र मेलिनाको पिरतीको भिसा सार्वजनिक

शम्भु धितालको निर्देशनमा म्युजिक भिडियो ‘पिरतिको भिषा’ रिलिज भएको छ। सार्वजनिक रोमान्टिक नम्बरमा गायक मोडल प्रकाश सपुत र अस्मिता ढकाल फिचर्ड छन्।

प्रेमभाव बोल्ने गीतमा स्वर निर्देशकसमेत रहेका धितालसँगै मेलिना राईको छ। शब्द संगीत पनि धितालको नै हो। भिडियोमा प्रकाश र अस्मितासँगै रमा थपलिया र सम्भु धिताल पनि देखिएका छन्।

प्रविण भट्टले सम्पादन गरेको भिडियोमा छायांकन करण छिसिरको छ। समाजमा विद्धमान कथित तल्लो र उपल्लो जातको प्रेमको कथालाई भिडियोमा जोडिएको छ।

प्रकाशित मिति: : 2020-10-18 16:12:00

प्रतिकृया दिनुहोस्