टिप्पणी

जुम्लामा नयाँ अनुहारको खाेजी

BreaknLinks
BreaknLinks

जुम्ला इतिहासदेखि हालसम्मका निर्वाचनमा सत्ता इतरकालाई चुनाव जिताउने जिल्लामा दर्ज भएकाे छ। जसले मतदाताकाे चेतनास्तर उच्च भएकाे देखाउँछ। जित्नेले जनताकाे लागि खास उल्लेख्य काम नगर्दा जुम्लाले आफ्नाे फरक खालकाे परिचय स्थापित गरेकाे छ।

त्यसका बाछिटाहरू याे निर्वाचनकाे मत परिणामाले पनि देखाइरहेकाे छ। सांगठनिक हिसाबले मजबुत भनिएका र सत्ता हातमा भएका उम्मेदवार लगातार पछाडि परेका छन्। हालसम्म ५० प्रतिशत हाराहारीमा मत गणना भइसकेकाे छ। जसमा गठबन्धन इतरका उम्मेदवारहरू निरन्तर लिड गरिरहेकाे छन्। 

जुम्ला प्रतिनिधि सभा निर्वाचनमा एकपटक गाउँपालिका अध्यक्ष भइसकेका रतननाथ याेगी र एकपटक मन्त्री समेत भइसकेकी गाेमा कुँवर लगातार पछि देखिन्छन्।

तर, हालसम्म कुनै लाभकाे पद हासिल नगरेका राप्रपाका ज्ञानेन्द्र शाही भने सुरूदेखि नै निरन्तर अगाडि छन्। सुरूमा ७० प्रतिशत मतले लिड गरेका उनले यतिबेला ५४ प्रतिशत बढी मत आफ्नाे पाेल्ठामा पार्न सफल भएका छन्। 

पाँच सय भाेट मात्रै भएकाे राप्रपाकाे पक्षमा जनलहर ल्याउन उनले विगतदेखिका इतिहास काेट्याएका छन्। जनजिविकासँग जाेडिएका सवाललाई सरल ढंगले बुझाउन सकेका छन्। परिणाम माओवादी अध्यक्ष प्रचण्ड जुम्ला पुगेर गाेमालाई मन्त्री बनाउँछु भन्दा पनि जनताले पत्याएनन्।  

राजनीतिमा लागेर एक गाँस बढी खाएका र एक टालाे अगाडि फटालेका नेता कार्यकर्ताले गर्ने हल्का टिप्पणीले ज्ञानेन्द्रकाे पक्षमा माहोल सृजना गर्न भूमिका खेल्याे। माहोल राेक्न गरिएका अनेक प्रयत्नहरू असफल भए।

प्रदेश सभा (क) काे जारी मत गणनाले मुख्यमन्त्रीकाे दावेदार मानिएका ललितजङ शाहीलाई जनताले पत्याउने समस्याका सम्भावना कम हुँदै गयाे। उनका प्रतिस्पर्धी कांग्रेसकै बागी उम्मेदवार देवेन्द्र बहादुर शाही निरन्तर अगाडि छन्।

राजनीतिक भविष्य के हुने भन्ने अन्याेल भएका उनलाई जनताले साथ दिएका छन्। उम्मेदवार भाेली के हाेला भन्ने अनुमान भन्दा पनि आज के छ भन्ने कुरा जनताका लागि महत्त्वपूर्ण हुने जनमतले देखाइरहेकाे छ।

लामाे समय जनताकाे सुख–दुःखमा हातेमालो गरेका उनकाे लाेकप्रियता याे चुनावमा ऐना जस्तै छ। एक पटक लाभकाे पद सम्हालिसकेका ललितजंङ शाहीलाई दाेहाेरिएर लाभकाे पदमा जानबाट जनताले नै राेकिदिने मत परिणामले बताइरहेकाे छ। गठबन्धनको बलमा चुनाव जितिने नेताका दृढ विश्वालाई जनताले हावा भरिएकाे बेलुन बनाउने निश्चित जस्ताे छ।

शत प्रतिशत मत गनि नसकेकाे बेलामा याे हतारकाे टिप्पणी हुन सक्छ। यद्यपि कम्ब्याक जित निकालिएमा पनि त्याे संयाेग मात्रै हुनेछ।

प्रदेश (ख) मा बाहलवाला मन्त्री चुनावी मैदानमा छन्। उनले जितेमा पुनः मन्त्री हुने पक्का छ। तर यतिबेला उनी पछाडि परेका छन्। उनलाई एमालेका टेकराज पछाईले पछि पारेका छन्। अस्कल क्याम्पसकाे दुई पटक स्ववियु सभापति भइसकेका उनी चुनावी मैदानमा हाेमिएकाे पहिलाे पल्ट हाे।

युवा उम्मेदवार भएका नाताले उनीमा जनताले बढी आशा गरेकाे देख्न सकिन्छ। झिनाे मतान्तरले मात्रै अगाडि रहेका उनी सम्भावित विजेता हुन्। तर ठाेकुवा गर्न सकिने ठाउँ भने छैन। तथापि जनताले खाेजेकाे अनुहार उनी नै हुन्।

प्रकाशित मिति: : 2022-11-23 05:33:00

प्रतिकृया दिनुहोस्