भारतमा कोरोना संक्रमित ७५ लाख नाघे

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख नाघेको छ। 

अहिलेसम्म कोरोनाका ७५ लाख ५० हजार २७३ संक्रमित फेला परेकाे भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ५५ हजार ७७२ नयाँ संक्रमित फेला परेका हुन्। 

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १४ हजार ६१० पुगेको छ।

पछिल्लो २४ घण्टामा ५७९ जनाको कोरोनाबाट मृत्यु भएको छ। 

अहिलेसम्म कोरोनाका ६६ लाख ६३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्।

संक्रमित संख्याको आधारमा भारत कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक हो।

प्रकाशित मिति: : 2020-10-19 12:48:00

प्रतिकृया दिनुहोस्