३७९० जनामा कोरोना संक्रमण पुष्टि, २३३५ जना निको भए

पछिल्लो २४ घण्टायता नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टायता नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टायता नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३६०३६ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २३३५ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४५०१ जना पुगेको छ।

आजको पीसीआर १५७१४ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४०७७८ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३८५१ जना र होम आइसोलेसनमा २६९२७ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४४७० जना रहेका छन्। 

आईसीयूमा २८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-19 16:36:00

प्रतिकृया दिनुहोस्