आफ्नैले छाडेपछि ओलीसामू निरीह प्रचण्ड

शिलापत्र

काठमाडाैं

हरिबोल गजुरेल अर्थात् शीतलकुमारले दुई दशकभन्दा धेरै समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भित्रिया भएरै साथ दिए । प्रचण्डका हरेक चोटमा मल्हम लगाउन पुग्ने गजुरेल हरेक मोर्चामा प्रचण्डको प्रतिरक्षामा ढाल बनेर उभिन्थे । त्यसैले गजुरेललाई भनिन्थ्यो, प्रचण्डको ‘एस म्यान’ । हुन पनि गजुरेलले सशस्त्र युद्ध, शान्तिकाल मात्र होइन, पार्टी एकताका हरेक परिघटनामा प्रचण्डको ‘एस म्यान’ मात्र भएनन्, प्रचण्डको दरिलो खम्बा बनेर उभिए । 

परिस्थिति सदा एकनास हुँदैन । गजुरेलको हकमा पनि त्यो भइदिएन । कठिन समयमा प्रचण्डलाई काँधमा राखेका गजुरेल केही महिनायता निराश मात्र छैनन्, प्रचण्डदेखि टाढिँदै गएका छन् । किनारा लाग्दै गएका गजुरेलको विचारमा प्रचण्डमा अस्वभाविक रूपमा राजनीतिक र वैचारिक स्खलन भयो । नेताहरूमा ओरालो लाग्दा नैतिकताले मन पोल्न थाल्यो । अनि, गजुरेलले गत साउनमा प्रचण्डलाई ६ बुँदे असहमति पत्र बुझाए र विस्तारै किनारा लागे । 

दुई दशक लामो दरिलो खम्बा गजुरेलको प्रचण्डप्रति एक्कासी मोहभंग किन भयो ? गजुरेलको सपाट जवाफ छ, ‘नयाँ परिस्थितिमा नयाँ विचार र नीति चाहिन्छ तर प्रचण्डमा नयाँ विचार पनि भएन, नीति पनि भएन ।’

प्रकाशित मिति: : 2020-10-19 17:18:00

प्रतिकृया दिनुहोस्