लण्डनको लिसेस्टर स्क्वायरमा साहरुख र काजोलको काँसको मुर्ती राखिने

 बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने भएको छ। 

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ वर्ष पुगेको अवसरमा  मुख्य कलाकार प्रतिमाको राख्न लागिएकाे हाे। 

यूकेमा कुनै चलचित्र र त्यसका कलाकारको प्रतिमा राख्न लागिएको यो पहिलो पटक हो। तर प्रतिमाकाे अनावरण भने अर्को वर्ष गरिनेछ। 

मुर्तीमा चलचित्रको एक दृश्य समावेश हुनेछ। सन् १९९५ को अक्टुबर २० मा रिलिज भएको यो चलचित्रले भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो राखेको छ। 

उक्त समयमा चलचित्रले भारतमा ८९ करोड र ओभरसिजमा १३ करोड कमाएको थियो। चलचित्रलाई ४ करोड बजेटमा निर्माण गरिएको यशराज ब्यानरले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।

चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन्। 

मुम्बइको सेन्ट्रलमा रहेको मराठा मन्दिरमा अहिले पनि यो चलचित्र प्रदर्शन भैरहेको छ। यो हलमा हरेक दिन बिहान साढे ११ बजे यो चलचित्रको शो देखाइन्छ भने अरु समय नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ। यो क्रम २५ बर्षदेखि चलिरहेको छ।

प्रकाशित मिति: : 2020-10-20 14:28:00

प्रतिकृया दिनुहोस्