दमौली व्यासको जन्मथलाे भारतीय विद्वानले पनि स्वीकार गरिसकेका छन्: काशीनाथ न्यौपाने, व्यासका अध्येता (भिडियाे)

काशीनाथ न्यौपाने, व्यासका अध्येता। तस्वीर:  बिएल नेपाली सेवा
काशीनाथ न्यौपाने, व्यासका अध्येता। तस्वीर: बिएल नेपाली सेवा

व्यासका अध्येता काशीनाथ न्यौपाने व्यास शिव पाञ्चायन क्षेत्र विकास कोषका संरक्षक हुन् । 

महर्षि वेदव्यासको जन्मथलो हालको तनहुँको सदरमुकाम दमौलीमा हो भन्ने उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । न्यौपानेले व्यासको अध्ययन र साधनामा करिब विगत चार दशक बिताइसकेका छन् । 

न्यौपानेको अनुसन्धानको निष्कर्ष छ, ‘व्यास व्यक्तिको नाम होइन, पद्वी हो । व्यासका २८ अवतार अवतरण भइसकेको छ । यी मध्ये २८ औं व्यास श्रीकृष्ण द्वैपायनको जन्म मादी र सेती दुई नदीको संगम नजिकै हालको व्यास नगरपालिकामा भएको स्कन्ध पुराणमा उल्लेख छ ।’ 

२०४१ सालमा योगी नरहरिनाथले व्यासको जन्मथलो दमौली  दाबीसहित गरेको कार्यक्रमपछि आफू व्यासको अध्ययनमा तानिएको न्यौपाने बताए । 

भारत र नेपालका विभिन्न स्थानमा व्यासको जन्म भएको दाबी गरिएको छ । व्यासका विभिन्न अवतरण भएकाले ती सबै ठाउँमा व्यासका विभिन्न अवतारको जन्म भएको हुन सक्ने उनको अनुमान छ । 

उनले भने, ‘भारतका विभिन्न धार्मिक र राजनीतिक व्यक्तित्वहरुले पनि दमौलीलाई २८ औं व्यासको जन्मस्थानको रुपमा स्वीकारिसकेका छन् ।’  

न्यौपाने हाल व्यासको १०८ फिट अग्लो मूर्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन्। 

‘मूर्तिले व्यासको जन्मभूमि दमौलीलाई चर्चित धार्मिक पर्यटनको क्षेत्रमा चिनाउन मद्दत गर्छ’, न्यौपानेको कथन छ । 

मूर्तिले दमौलीलाई व्यासको जन्मभूमिका रुपमा देशविदेशमा चिनाउन पनि सहयोग गर्ने पनि उनले बताए । 

व्यासका अध्येता काशीनाथ न्यौपानेसँग व्यास, व्यासको जन्मथलो, व्यासको मूर्ति बनाउनाले हुने विभिन्न फाइदाका बारेमा गरिएको भिडियो संवाद:
 

प्रस्तुतकर्ता:  शिवप्रसाद तिवारी

प्रकाशित मिति: : 2020-10-21 08:46:00

प्रतिकृया दिनुहोस्