 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                बिएल संवाददाता
 
                                “न” अर्थात् पृथ्वी। पंचतत्व (नः पृथ्वी, मः जल, शिः अग्नी, वाः वायु र यः आकाश) (नम शिवाय) मध्ये एक। जहाँ जीवनको अस्तित्व थालनी र अन्त्य हुन्छ।
माटो र मानिससम्बन्ध
माटो र मानिसको सम्बन्ध जन्म र मृत्युसँगै जोडिन्छ। हरेक जीवलाई अस्तित्वमा ल्याउने र आफैमा समाहित गराउने पनि माटो। यसमा पाइने ह्युमस तत्वलाई जैविक विविधता भनिन्छ। त्यही ह्युमसबाट ह्युमन (मानिस) शब्द बनेको हो। माटो र प्राणीजगतकै सम्बन्ध अन्योन्याश्रित भएपनि कतिपय मानिस आफ्नो जीवनभरी नै प्रत्यक्ष संसर्गमा नआएको सुन्दा अनौठो लाग्दो रहेछ।
एउटा प्रसंग, प्रस्तुत गर्न चाहन्छु– एकजना अधवैशें साथीसँग खाना खाने समयमा स्वास्थ्य, माटो अनि एसियाली सांस्कृतिक विषयमा गन्थन गर्दै थियौँ। उनी अमेरिका बाहिर नगए पनि एसियाली रहनसहनप्रति चाख राख्दा रहेछन्।
तर उनी माटोको महत्वलाई बुझ्न भ्याएका रहेछन्। यसै सन्दर्भमा उनले भने म करिब ३५ वर्षको भएँ। आजका दिनसम्म मैले हातले न त माटो छोएको छु। न खाली खुट्टाले माटोमा टेकेको नै छु। उनको भनाइ मेरा लागि अपत्यारिलो थियो।
उनले त्यसो भनिरहँदा गाउँमा बिताएका मेरा दिन फिल्मको रिल झै खाली खुट्टाले हिडेको, कपर्दी खेलेको, गुन्द्री बिनै चउरमा बसेको, माटोकै भाँडाकुटी बनाएको, पहेंलो माटोले घर पोतेको, माटोले कपाल नुहाएको। दृश्यहरू घुमिरहें। समय समयमा बोट विरुवास“ग विताउदा पाइने आनन्द र तिने दिने स्फूर्तीको अनुभव गर्न प्रयास गर्ने बताए।
उनी एक प्रतिनिधि मात्र मात्र हुन। जसका लागि माटो शब्द नौलो होइन। तर यसले स्वास्थ्यमा ल्याउन सक्ने सकारात्मक परिणामका बारे उनीजस्तै धेरै संख्यामा हामी या त अनभिज्ञ छौं या यसप्रति वेवस्ता गरिरहेका छौं।
सन्र्दभ हो–विश्व माटो दिवस
हरेक वर्ष डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनाइन्छ। सन् २००२ मा इन्टरनेशनल युनियन अफ सोइल साइन्टिस क्ष्लतभचलबतष्यलब िग्लष्यल या क्यष् िक्अष्भलअभ ९क्ष्ग्क्क्० को अगुवाईमा विश्व माटो दिवस मनाउन शुरु गरिएको हो। यसको उद्देश्य स्वस्थ माटोको महत्व र माटोमा प्राप्त स्रोतहरुको दीगो व्यवस्थापनबारे जनचेतना जगाउनु हो।
यस वर्षको विश्व माटो दिवसको मूल नारा माटो र पानी जीवनको स्रोत ९कयष् िबलम धबतभचस् ब कयगचअभ या षिभ० राखिएको छ।
माटोको महत्व र थाहा पाउनु पर्ने तथ्या
हामी र हाम्रा ग्रहको अस्तित्वका सुत्रधार माटो र पानी नै हुन्। 
बालुवामा कार्वनिक र अर्गानिक तत्व मिसाउ“दा माटो बन्छ भने माटोमा रहेको कार्वनिक र अर्गानिक समाग्री निकालियो भने बालुवा बन्छ।
दुई देखि तीन सेन्टिमिटर मात्र माटो उत्पादन गर्न एक हजार वर्ष लाग्न सक्छ। 
माटोले विरुवाहरुलाई आवश्यक पर्ने १८ मध्ये १५ प्राकृतिक रुपमा हुने रासायिनिक तत्वहरु आपूर्ति गर्दछ। 
विगत ७० वर्षमा खाना भिटामिन र पोषक तत्वको मात्रा निकै घटेको छ। 
विश्वमा दुई अर्व मानिस सूक्ष्म पोषक तत्वको अभावबाट ग्रस्त छन्। जसलाई नदेखिएको भोकमरी पनि भन्ने गरिन्छ। 
विश्वव्यापी खाद्यान्न माग पूरा गर्न सन् २०५० मा ६० प्रतिशतले वृद्धि गर्नुपर्ने हुन्छ। 
दीगो माटो व्यवास्थापनबाट ५८ प्रतिशत बढी खाद्यान्न उत्पादन गर्न सकिन्छ। 
हाम्रो माटोलाई पोषणयुक्त बनाउने हाम्रो घरको आधा फोहोर कम्पोष्ट हुन सक्छ। 
माटोको स्वास्थ्य र पानीको गुणस्तर अनि यिनको उपलब्धता अन्तरसम्बिन्धत छन्। 
जंगलमा रहेका माटोमा जैविक सामग्री सत्तरी प्रतिशत भन्दा बढी हुन्छ। 
सामान्यतया कृषिका लागि जैविक सामग्री तीन देखि छ प्रतिशत मात्र चाहिन्छ। जसलाई हामी माटो भन्न सक्छौं। तर आज माटोमा जैविक सामग्री सून्य दशमलव पाच प्रतिशत भन्दा कम छ। 
माटो र पानीले खाद्य उत्पादन, इकोसिष्टम र मानव कल्याणको लागि आधार प्रदान गर्दछन्। 
विरुवाहरु बढ्न र आवश्यक पोषक तत्वहरु प्राप्त गर्ने मँध्यम पनि माटो र पानी हुन्।
भावी पुस्ताहरुका लागि माटो र पानीको अमूल्य भूमिका र स्रोतहरुको पहिचान एवं स्रोतहको सुरक्षा गर्न सक्रिय हुनु पर्ने आजको आवश्कता हो। 
बोटविरुवाले भन्दा तीन गुना वढी कार्वनलाई सरक्षित गर्न सक्ने तत्व माटोमा हुन्छ। 
जलवायु परिवर्तन पर्यावरणले भन्दा माटोले बीस गुना बढी सुरक्षित रँख्न सक्छ। 
माटोबाट नै ९५ प्रतिशत खाना उत्पन्न हुन्छ। 
एक घनमिटर स्वस्थ माटोले २५० लिटरभन्दा बढी पानी सुरक्षित राख्न सक्छ। 
माटोमा जैविक विविधता अधिकांश जमीनको १२ इन्चभन्दा माथि नै हुन्छ। 
वर्तमान अवस्था र चुनौति 
संसारभरिमा एकतिहाई माटोको क्षमतामा ह्रास भइरकेको छ। 
विगत ३० वर्ष यता धर्तीबाट ८० प्रतिशत वयोमास किरा हराइसकेका छन्। 
आउदा २० देखि ५० वर्ष भित्र खाद्यान्न ३० प्रतिशतले कमी आउने छ। 
अवका ४० ५० वर्षसम्म मात्र वा“की माटो रहने छ।। 
साधानका उपायः 
खाद्य असुरक्षा चुनौतिपूर्ण छ। यसले गरिबलाई मात्र होइन धनीलाई समेत मार्ने छ। अतः आजको आवश्यकता माटो क्षयीकरणलाई रोक्ने र यसको दीगो व्यवस्थापनमा पछि पर्ने बेला छैन। जमिनलाई रुखको छाहारी आवश्यक हुन्छ। ३० देखि ४० प्रतिशत भूभागमा रुख हुर्काउन सके (टा«पिकल स्थानहरुमा)  जालवायुमा परिवर्तनलाई फर्काउन सजिलै सकिन्छ। साथै प्रकृतिक झाडि जंगल पोथ्रा पर्यावरणलाई उत्तिकै सहयोगी हुन्छन्। 
इशा फाउन्डेसका द्धारा सन् २०२२ बट कनसियस प्लानेट नामको अभियान जसलाई सेभ साइल अर्थात् माटो बचाऔं उल्लेखनीय बन्दै गएको छ। १९२ देशमा नीतिगत सिफारिस कसरी ल्याउने भनेर २१ मार्च २०२२ देखि (दिन र रात बरावर हुने दिन) लन्डनबाट मोटरसाइकलमा र्यालीबाट शुरु भएको यस अभियानमा राष्ट्र संघ खाद्य सुरक्षा संग्लनता जनाएको छ।  यस अभियानका अभियान कर्ता सद्गुरु जग्गी बासुदेव भन्नुहुन्छ–  पर्यावणको मुद्धालाई चुनावी मुद्धा बनाउन र राजनीतिक दलहरुले पर्यावणका मुद्दालाई घोषणा पत्रमा सम्बोधन गरेको पहिचान गर्दै जनताले पर्यावरणको मुद्दालाई सघाउनेको सरकार चुन्नुपर्छ। 
समग्रमा, माटो अनगिन्ती जीवनको घर वा वासस्थान हो। तिनै जीवित प्राणीका कारणले नै जीवनमा सबै कुरा उत्पादन हुने गर्छ। हामीलाई माटोले खाना प्रदान गर्छ। जनवारहरुलाई बाच्ने आधार प्राप्त हुन्छ। माटो उत्पादनशील छ। गुणयुक्त छ। अतः माटोलाई व्यवस्थित गर्न जागरुकता, चेतना र दृष्टिकोणस“गै हरेक व्यक्तिको सहभागिता आवश्यक छ  ।  
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया