चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित मृत्यु

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ।

चितवनको रत्ननगर नगरपालिका १२ का ४० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार दिउँसो ४:२८ बजे मृत्यु भएको हो।

ज्वरो र निमोनिया सम्बन्धी समस्याका कारण असोज २३ गते मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। 

आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको 
मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-21 19:05:00

प्रतिकृया दिनुहोस्