कंगनाविरूद्ध १० दिनमा तेस्रो उजुरी

बलिउडकी दबंग नायिका कंगना रनोटविरूद्ध १० दिनमा तीनवटा उजुरी दर्ता भएको छ। 

पछिल्लो समय मुम्बईमा दर्ता भएको उनको उजुरीमा न्यायपालिकाविरूद्ध दूर्भावना फैलाएको र अपमानजनक पोस्ट गरेको आरोप छ। 

मुम्बईका वकिल अलि कासिफ खान देशमुखले अंधेरी जिल्ला अदालतमा दर्ता गरेको मुद्धामा कंगनामाथि धार्मिक समुदायलाई बाँड्न खोजेको आरोप लगाएका छन्। 

देशमुखले कंगनाले देशभित्र रहेको विविधता र कानुनको सम्मान नगरेको आरोप लगाएका छन्। यो मुद्धाको फैसला १० नोभेम्बरमा हुनेछ। 

१० दिनअघि उनलाई किसानको आन्दोलनलाई अपमान गरेको भन्दै तुमकुर (कर्नाटक) मा उजुरी दर्ता भएको थियो। 

पाँच दिनअघि फिटनेस ट्रेनर साहिल असरफ अली सैयदले कंगना र उनको बहिनीमाथि मुद्धा दर्ता गरेका थिए।

प्रकाशित मिति: : 2020-10-23 07:52:00

प्रतिकृया दिनुहोस्