नेहा कक्कडको बिहे हुने नै भयो

लामो सस्पेन्सपछि गायिका नेहा कक्कडले अन्तत बिहे गर्ने पक्का भएको छ। उनी २४ अक्टुबरमा रोहन प्रित सिंहसँग वैवाहिक बन्धनमा बाँधिने भएकी छिन्। 

यसअघि उनको बिहेलाई लिएर संसय थियो। तर, बिहेका लागि रोहन र उनको परिवार दिल्ली उडेको छ। 

नेहाको बिहे दिल्लीमा हुदैछ। उनी पनि बहिनी सोनु कक्कड, भाई टोनी कक्कड र परिवारका अन्य सदस्यसँग मुम्बईबाट दिल्ली पुग्दैछिन्। 

उनले प्लेनमा आफ्नो फोटो सेयर गर्दे लेखेकी थिइन्।

‘चलो नेहु प्रित कि वेडिङ’ । उनीहरूले केही समयअघि कुरा छिनेका थिए। 

नेहाको यसअघि पनि थुप्रै केटाहरूसँग अफेयर थियो। उनको बिहेलाई लिएर चर्चा चलिरहन्थ्यो। तर, अब उनी वैवाहिक बन्धनमा बाँधिने भएकी छिन्।

प्रकाशित मिति: : 2020-10-23 08:01:00

प्रतिकृया दिनुहोस्