दाङ र धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

दाङ र धरानमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका १८ घर भइ हाल घोराही बस्ने एक पुरुष र धरान ११ का पुरुषको मृत्यु भएको हो।  

होम आइसोलेसनमा बसेका दाङका ५३ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।

मालपोत कार्यालय घोराहीका कर्मचारी ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमण पुष्टि भएदेखि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । 

नेपाली सेनाको टोलीले तुलसीपुर १८ स्थित कात्तिके रानी सामुदायिक वनको हाता भित्र शुक्रबारै उनको शवलाई व्यवस्थापन गरेको छ ।

यता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् पुरुषको शुक्रबार साँझ ५ बजे मृत्यु भएको हो।

उनी सुगर र उच्च रक्तचापका बिरामी थिए। कात्तिक ३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

उनलाई कात्तिक ५ गते बिपी प्रतिष्ठान भर्ना गरिएको थियो। 

प्रकाशित मिति: : 2020-10-24 08:51:00

प्रतिकृया दिनुहोस्