कोरोना र दसैं

दसैं आयो हर्ष अनि खुसी बोकेर 
रमाउँ है मेरा साथी कोरोनालाई रोकेर 
जुट्न त नदिने भो महामारी कालले 
घरमै बसी खुसी मनाउँ भन्दैछ यो सालले 
      
 

मीठा मीठा मिठाई र रोटी पकाई खाउँला 
       गुरू अनि बृद्धजनको आशीर्वाद लाउँला 
       नयॉ नाना लगाएर नयॉ भोज खाने हो 
       

हजूरबाको आशीष पाउन मामा घर जाने हो 
कति हर्ष हुन्थ्यो मन मामाघरको नामले 
परदेश सरी भयो आज कोरोनाको कामले 
विचारी ति हजूरआमा आश गर्दै हुन्छिन् होला 
नियतिलाई दोष दिँदै मार्ग हेर्दै रून्छिन् होला 
                 

सॉच्चै कलि लागेकै जस्तो लाग्न थाल्यो 
                   नीति,नियम,धर्म,कर्म दुर दुरै फाल्यो 
                  भय मात्र बोकेको छ हो कि हैन भन?
                   खाली निधार तिहारमा पीडा बोक्छ मन 

तिहारमा भेला हुँदै हॉसो खुसी गर्ने 
ईष्ट मित्र भेला भई नयॉ रंंग भर्ने 
सबै खायो कोरोनाले हाम्रो खुसी जति 
दया गरी उद्धार गर हे! मॉ भगवती 
                      
                        यहि चाल चल्यो भने सबै डराउँछन् 
                     चाड, पर्व, सम्मान,ईज्जत सबै हराउँछन् 
                      अन्त गर राक्षस रूपी कोरोनाको चाल 
                     हे! मा काली रूप धरी कालको पनि काल 

कोरोनाको छाती चिर्दै आएको तिहारलाई 
भगवती आशीर्वादले सजाऊ यो निधारलाई
यो सालको तिहारलाई  शुभकामना छ 
घर भित्रै  बसौं  भन्ने  मनोकामना  छ 

  कैलाश पौड्याल,  म्यान्मार

प्रकाशित मिति: : 2020-10-25 16:49:00

प्रतिकृया दिनुहोस्