सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अपील गरेका छन् ।

विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् ।

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: : 2020-10-26 07:25:00

प्रतिकृया दिनुहोस्