स्पेनमा रातिको समयमा कर्फ्यू घाेषणा

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्पेन सरकारले देशभर रातिको समयमा कर्फ्यू लागु गरेको छ।

महामारीको दोस्रो लहर सुरु भएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन्। 

यो नियम आइतबारदेखि लागु भएको हो।

प्रधानमन्त्रीले नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भएपनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-10-26 13:56:00

प्रतिकृया दिनुहोस्