केएल राहुल भारतको एकदिवसीय र टि–२० को उपकप्तान नियुक्त

केएल राहुललाई अस्ट्रेलियामा खेल्न जान लागेको भारतीय टिमको उपकप्तान नियुक्त गरिएको छ। रोहित शर्मा घाइते भएपछि एकदिवसीय र टि–२० टिमका लागि केएल राहुललाई उपकप्तान नियुक्त गरिएको हो। 

टि–२० मा ऋषभ पन्तको स्थानमा सञ्जु श्यामसनलाई विकेटकिपरको भूमिका दिइएको छ। मयंक अग्रवालले पहिलो पल्ट टि–२० टिममा समावेश गरिएको छ।
 
आईपीएलमा दिल्लीविरूद्ध ५ विकेट लिएका वरुण चक्रवर्तीलाई पनि टि–२० मा समावेश गरिएको छ। टेस्टमा मोहम्मद सिराजलाई पहिलो मौका दिइएको छ। टि–२० र एकदिवसीयमा हार्दिक पाण्ड्या लामो समयपछि टिममा फर्किएका छन्।
 
रोहित र इशान्त शर्मा चोटका कारण टिमबाट बाहिर भएका छन्। रोहितलाई ह्यामस्टिङको समस्या छ। राहुल एक वर्षपछि टेस्ट टिममा फर्किएका छन्। उनी २०१९ मा वेस्ट इन्डिजविरूद्ध गत अगस्टमा टिममा देखिएका थिए। 

टि–२० टिमः विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल (उपकप्तान, विकेटकिपर), मयंक अग्रवाल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पाण्ड्या, सञ्जु श्यामसन (विकेटकिपर), रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, यजुवेन्द्र चहल, जसप्रीत बुमराह, मोहम्मद समी, नवदीप सैनी, दीपक चाहर र वरुण चक्रवर्ती।

एकदिवसीय टिमः विराट कोहली (कप्तान), शुभमन गिल, शिखर धवन, केएल राहुल (उपकप्तान, विकेटकिपर), मयंक अग्रवाल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, यजुवेन्द्र चहल, जसप्रीत बुमराह, मोहम्मद समी, नवदीप सैनी र सार्दुल ठाकुर।

टेस्ट टिमः विराट कोहली (कप्तान), केएल राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, पृथ्वी सा, अजिंक्य रहाणे (उपकप्तान), हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद समी, नवदीप सैनी, उमेश यादव र मोहम्मद सिराज

प्रकाशित मिति: : 2020-10-27 09:14:00

प्रतिकृया दिनुहोस्