अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
जनक कार्की
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत एघाराैँ श्रृंखलामा कवि जनक कार्कीकाे कविताः
कालीलाई दागबत्ती
सभ्यताको शृंगारमा
मायालु मुस्कानले स्वागत गर्ने
ऋषिमुनिको पाठशाला
वेदका ऋचाहरूको जनक
शालिग्रामको कालो टीकामा ध्यानस्थ
परम्परा र संस्कारको गुरु
प्रत्येक श्वासमा सुमार्ग सुसाएर
प्राणजल पिलाउने
कालीको दागबत्ती दिन लम्केका छन्
असुररूपी सरकारको हात
कालीसँगै निभ्नेछ
जलचरको दियो
स्थलचरको खुसी
नभचरले आगो पिउनुपर्नेछ
मरुभूमि बन्नेछ- तपोभूमि
वातावरण सिकिस्त भएर
आईसीयूमा पुग्नेछ।
विकासको ललिपप देखाएर
विनाशको षड्यन्त्र गरिरहेको
ए सरकार !
पानीमा आगो लगाउने यो दुस्साहसले
जननीलाई जिउँदै दागबत्ती दिने
तिम्रो तयारीले
बन्नेछ यो देश आत्माबिनाको पुत्ला !
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया