थपिए ५ सय ७० कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । 

मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

२४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएकाे छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

प्रकाशित मिति: : 2020-10-27 16:43:00

प्रतिकृया दिनुहोस्