भारतीय सेना प्रमुखको नेपाल आगमनले सम्बन्ध सुधार हुने अपेक्षा, ४ नोभेम्बरमा काठमाडौं उत्रिँदै

भारतीय आर्मी प्रमुख मनोज मुकुन्द नरवाणे तीन दिनको नेपाल भ्रमणका लागि ४ नोभेम्बरमा काठमाडौं जादैँछन्। ५ नोभेम्बरमा उनलाई नेपाली राष्ट्रपति विधादेवी भण्डारीले नेपाल आर्मीको मानार्थ जर्नेलको उपाधिबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ। 

तीन दिने नेपाल भ्रमणका क्रममा नरवाणे नेपाल आर्मीको प्रमुख अतिथिको रूपमा रहने छन्। नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर नरवाणेले गत अप्रिलमा दिएको बयानका कारण दुई देश र सेनाको सम्बन्ध खराब भएको थियो। 

भारतीय प्रधान सेनापतिलाई नेपालको मानार्थ जर्नेलको पद दिने चलन १९५० देखि नै चल्दै आएको छ। तर, नरवाणेको विवादीत बयानले उनलाई जर्नेल पद दिने कार्यक्रम बीचमै स्थगित भएको थियो।। तर, पछि उनले आफ्नो बयान सच्चाएका थिए। 

सेनापति नरवाणेको भ्रमणलाई सहज तुल्याउन भारतको इन्टेलिजेन्स ‘र’ का प्रमुख सामन्त गोयल यसै साता काठमाडौंको भ्रमण गरेर नेपाल फर्किएका थिए। गोयलले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका शीर्ष दुई नेता पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई पनि भेटेको बताइएको छ। 

नरवाणेको भ्रमणले नेपाल–भारतबीच बिग्रिएको सम्बन्धलाई पुनःस्थापित गर्न सहयोग पुग्ने धेरै विश्लेषकको भनाई छ। नेपाल भ्रमणका क्रममा नरवाणेले नेपाल आर्मीका प्रमुख पूर्णचन्द्र थापासँग आपसी सहयोगको विषयमा कुराकानी गर्नेछन्। 

उनले प्रधानमन्त्री तथा रक्षा मन्त्रालयको कार्यभार सम्हालिरहेका केपी ओलीसँग पनि कुराकानी गर्नेछन्। 

नरवाणे नेपाल आउने टुँगो लागेकै दिन नेपालमा मन्त्रिमण्डल हेरफेर भएको थियो भने उपप्रधान तथा रक्षा मन्त्रीको पद सम्हालेका इश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाइएको थियो। 

नेपालसँगको सीमा विवादमा भारतीय सेनाध्यक्ष तथा मन्त्री पोखरेलबीच जुहारी चलेको थियो। गत मेमा भारतले चीनको कैलाश मानसरोवर जाने बाटो निर्माण गर्ने क्रममा नेपालको भूभागलाई आफ्नो भन्दै सडक निर्माण सुरु गरेपछि विवाद चरममा पुगेको थियो। 

गत वर्ष भारतले जम्मु तथा काश्मिरमा धारा ३ सय ७० हटाएर नयाँ राजनीतिक नक्सा प्रकासित गर्दा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई पनि आफ्नो नक्सामा गाभेको थियो। नेपालले कुटनीतिक विरोध गर्दा पनि भारतले कुनै प्रतिक्रिया जनाएको थिएन। 

तर, चीनसँग भारतको सम्बन्ध बिग्रिएपछि नेपालको विरोधलाई भारतले चीनबाट प्रायोजित भन्दै वार्तामा बस्न अस्विकार गरेको थियो। 

नरवाणेले कसैको नाम नलिएपनि चीनतर्फ इसारा गर्दै नेपाललाई कसैले उचालेको बयान दिएका थिए। भारतीय सेनाध्यक्षको भारतमै बिरोध भएपछि उनले नेपाल र भारतबीच सदियौंको सम्बन्ध रहेको भन्दै पुरानो बयान सुधार्ने प्रयास गरेका थिए।

प्रकाशित मिति: : 2020-10-28 12:31:00

प्रतिकृया दिनुहोस्