दसैंलगत्तै तरकारीको मूल्य दोब्बर बढ्यो, कृषि मन्त्रालय बेखबर

शिलापत्र

काठमाडौँ
फाइल तस्बिर

रमेश भारती

हिन्दुहरुको महान चाड दसैं सुरु भएयता देशभर तरकारीको मूल्य ह्वात्तै बढेको छ । सर्वसाधारणको भान्सामा दैनिक प्रयोग गरिने प्याज, आलु, लसुन, टमाटर, काउलीलगायत तरकारीको मस्ल्य दसैंअघिको तुलनामा दोब्बर वृद्धि भएको छ ।

राजधानीलगायत देशभर तरकारीको मूल्य अकासिएपछि उपभोक्ता मारमा परेका छन् । बजारमा माग भएजति आपूर्ति नभएपछि तरकारीको मूल्य दोब्बर वृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी विकास समिति जानकारी दिएको छ । 

बाहिरबाट उपत्यकामा कम तरकारी भित्रिएका कारण त्यसको प्रत्यक्ष प्रभाव उपभोग्य मूल्यमा परेको समितिले जनाएको छ ।उपत्यकामा सामान्य अवस्थामा दैनिक ८ सयदेखि ९ सय टन तरकारी बाहिरबाट भित्रिने गरेको समितिले जनाएको छ । तरकारी कम भित्रिदा मूल्य वृद्धि भएको समितिको अनुमान छ । 

दसैंमा ३ सयदेखि ४ सय टन तरकारी कालीमाटीमा मात्र भित्रिने गरेको छ । यसभन्दा बाहिरका तरकारी बजारमा करिब ३ टन तरकारी आइरहेको अनुमान समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । दसैंमा तरकारी भित्रिने क्रम घटेपछि बजार धान्न समस्या हुँदा तरकारीको भाउ बढेको समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन् । 

प्रकाशित मिति: : 2020-10-30 09:21:00

प्रतिकृया दिनुहोस्