बहिस्कारको माग बढ्न थालेपछि अक्षयको ‘लक्ष्मी बम’को नाम परिवर्तन

तेस्रोलिङ्गीको कथामा बनेको अक्षयकुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’को नाम परिवर्तन गरिएको छ।

केही अगाडि ट्रेलर रिलिज गरिएको चलचित्रको सामाजिक संजालमा बहिस्कारको माग बढ्न थालेपछि ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ राखिएको हो।

नोभेम्बर ९ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ। तर, चलचित्र रिलिजको केही दिन अगाडि मात्र यसको निर्माणपक्षले नाम परिवर्तन गरेको हो।

चलचित्रको नाम तथा यसको कथावस्तुप्रति धेरैले आपत्ति प्रकट गरेका छन्।  चलचित्र मेकर्सलाई श्री राजपुत करणी सेनाको तर्फबाट पनि कानुनी नोटिस मिलेको छ।

कतिपयले चलचित्रको नामले हिन्दूका भावनामा ठेस पुर्याएको समेत धारणा राखेका छन्। 

‘चलचित्रको नाम ‘लक्ष्मी बम’ हिन्दुका देवी लक्ष्मीका लागि निकै अपमान हो’ कानुनी नोटिसमा भनिएको छ ‘मेकर्सले जानेर बुझेर देवी लक्ष्मीको अपमान गर्न चलचित्रको यस्तो टाइटल राखिएको हो।’ ‘चलचित्रको टाइटल ‘लक्ष्मी बम’बाट हिन्दू समूदायको भावनमा ठेस पुग्छ,’ नोटिसमा उल्लेख छ।

यता निर्माताले भारतीय सेन्सर बोर्डसँगको सल्लाहमा नाम परिवर्तन गर्ने निर्णय गरेको बताएका छन्। चलचित्रको नाम परिवर्तन गरेर यसको निर्माणपक्ष विरोधबाट बचेको छ।

चलचित्र एक व्यक्तिमा आधारित भएर निर्माण भएको छ। जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्दछ। चलचित्रमा अक्षयकुमार मुख्य भूमिका रहेको छ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप निकै बढेको छ। तुसार इन्टरटेन्मेन्ट हाउस र सविना इन्टरटेन्मेन्टले यो चलचित्रको निर्माण गरेको हो। चलचित्रमा अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका छ।

प्रकाशित मिति: : 2020-10-30 11:48:00

प्रतिकृया दिनुहोस्