ब्रेकअप स्टोरी

...त्यसपछि ऐश्वर्या रायले सलमान खानसँग फिल्म नखेल्ने कसम खाइन्

बलिउडमा सलमान खान र ऐश्वर्या रायको अफेयरलाई अझै पनि सबैभन्दा रोमान्टिक र एकै समयमा सबै समयको सबैभन्दा नराम्रो सम्बन्धको रूपमा लिइन्छ। 'हम दिल दे चुके सनम' मा उनीहरूको केमेस्ट्रीदेखि ब्रेकअपबारे सबैलाई थाहा भएकै कुरा हाे। 


सलमान र ऐश्वर्याको प्रेम कहानी संजय लीला भन्सालीको फिल्म 'हम दिल चुके सनम' को सेटमा सुरु भएकाे थियाे। यस चलचित्रमा अभिनेत्रीले सलमानको प्रेमिकाको भूमिका निभाएकी थिइन् र यो पहिलो पटक थियो जब उनीहरूको केमेस्ट्री सुरु भएकाे थियाे।

'हम दिल दे चुके सनम' पछि यो जोडीले 'हम तुम्हारे है सनम' बाट पर्दामा अर्को पटक अभिनय गरेका थिए। त्यही फिल्मबाट यी दुई जना नजिकिए। ऐश्वर्या खान परिवारसँग पनि नजिक बनिसकेकी थिइन्। उनकाे सलमानका बहिनीहरू अर्पिता र अलवीरा खानसँग राम्राे सम्बन्ध बनिसकेकाे थियाे। ऐशको परिवार पनि सलमानसँग खुसी थिए। 

तर नोभेम्बर– सन् २००१ मा जब सलमान क्रोधित भएर ऐश्वर्याको अपार्टमेन्टमा पुगेर निकै क्रूरतापूर्वक ढोका ढकढक्याउन थाले। तबदेखि उनीहरू मनमुटाव बढ्न थाल्याे। उनले ढाेका नखाेले गोरख हिल टावरको छतबाट हामफाल्ने धम्की समेत दिए। 

सन् २००२ मा द टाइम अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा सलमानले उक्त घटना भएको स्वीकारेका थिए। उनले भनेका थिए, 'त्यो घटना सत्य हो तर मिडियाले यसलाई अतिरञ्जित गरेको छ । ऐश्वर्यासँग मेरो सम्बन्ध छ । यदि तपाईं सम्बन्धमा झगडा गर्नुहुन्न भने यसको मतलब तपाईं एक अर्कालाई प्रेम गर्नुहुन्न। म अपरिचित व्यक्तिसँग किन झगडा गर्छु र? यस्ता कुराहरू हामीएकअर्कालाई प्रेम गर्छौं भनेर मात्र छ। अहिले त प्रहरीले पनि मलाई त्यस भवनभित्र पस्नबाट रोकेको छ।'

सलमानले अभिनत्रीकाे ढाेका बिहानकाे ३ बजेसम्म ढकढकाए। र ऐशले उनलाई भित्र पस्न दिए। घण्टाैंसम्म ढोका ढक्ढक्याउँदा सलमानकाे हातबाट रगत बगिरहेको थियो। मिडिया रिपोर्टका अनुसार सलमान ऐशसँग विवाहको वाचा लिन चाहन्थे तर उनी विवाह गर्न चाहदिन थिइन्। 

यद्यपि सन् २००२ मा ऐश्वर्या फिल्मफेयर समारोहमा हात भाँचिएको र कालो चश्माका साथ देखा परेकी थिइन्। त्याे देखेर सबै जनाले उनलाई सलमानले कुटेकाे भनेर हल्ला फैलायाे। सलमान खानले आफ्नो फिल्म 'कुछ ना कहो' को सुटिङको क्रममा उनको कारमा समेत क्षति पुर्याएका थिए।

सन् २००२ मा ऐश्वर्याले सलमान खानसँग ब्रेकअप गरेकाे पुष्टि गरिन्। ऐशले गरेकाे ब्रेकअपकाे कारण सलमानले उनीसँग बदला लिन ऐश्वर्यालाई कामबाट निकाल्ने प्रयास गरे। त्यतिमात्र नभइ उनले ऐश्वर्याकाे कारण शाहरुख खानसँग पनि झगडा गरे। 

ब्रेकअपको केही महिनापछि ऐश्वर्याले सेप्टेम्बर २००२ मा पहिलो पटक उनीहरूको सम्बन्धकोबारे खुलेर बाेलेकी थिइन्। 'सलमान र मेरो गत मार्चमा ब्रेकअप भएको थियो, तर उनी यसलाई स्वीकार चाहदैनन्। हाम्रो ब्रेकअपपछि, उनले मलाई फोन गर्नुहुन्थ्यो र बकवास कुरा गर्नुहुन्थ्यो। उनले मलाई मेरा सह-कलाकारहरूसँग अफेयर भएको पनि शंका गरे। म अभिषेक बच्चनदेखि शाहरुख खानसम्म सबैसँग जोडिएको थिएँ।'

सलमानकाे फाने नउठाएकाे कारण आफूले मरणसन्न हुनेगरी कुटाइ खाएकाे बताउँदै उनले भनेकी थिइन्, 'सलमान मेराे जीवनकाे एउटा नराम्राे पात्र थिए। तर अब समाप्त भयाे।' सलमानले आफूलाई दिएकाे मानसिक चेतनाकाे कारण सलमानसँग कहिल्यै फिल्म नखेल्ने उनेले कसम खाइन्। 

प्रकाशित मिति: : 2023-08-03 22:00:00

प्रतिकृया दिनुहोस्