कोरोना सङ्क्रमणका कारण आरक्षका कामकाज प्रभावित

सांकेतिक तस्बिर

प्रदेश नं १ को मुख्य पर्यटक केन्द्र सुनसरीको पश्चिमकुशाहा–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

आरक्षमा एकै पटक ९ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आरक्षको दैनिक कामकाज प्रभावित भएको आरक्षका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए। 

मुख्य गरेर आरक्षमा राति गरिने गस्ती गर्नेलगायत अन्य नियमित कार्य प्रभावित भएको चौधरीले बताए। आरक्षमा रहेको जङ्गली जनावरले दैनिक रुपमा बस्ती प्रवेस गर्ने गरेको र आरक्षमा कर्मचारी नहुँदा नियन्त्रण तथा धपाउनेलगायत कार्य समेत प्रभावित भएको अधिकृत चौधरीको भनाइ छ। 

आरक्षमा प्रर्याप्त कर्मचारी हुँदा रातिको समयमा २ देखि ३ पटक सम्म गस्ती हुँदै आएकोमा अहिले कर्मचारीमा नै सङ्क्रमण देखिएपछि दैनिक रुपमा एक पटक मात्र गस्ती भइरहेको छ। रासस 

प्रकाशित मिति: : 2020-10-31 19:56:00

प्रतिकृया दिनुहोस्