पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाउँदा पार्टी विभाजन हुन लाग्याे: पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन्।

 एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको उनले आरोप लगाएका छन्।

‘यस्‍तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’, नेकपाका सचिवालय सदस्य समेत रहेका पाेखरेलले भनेका छन्।

उनले व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन्।
 

प्रकाशित मिति: : 2020-11-02 13:55:00

प्रतिकृया दिनुहोस्