गाउँगाउँ डुल्ने मनोज

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

पूजा परियार

‘कुकर बनाउने मान्छे आयो......................., बिग्रेको कुकर, राइसकुकर, फ्यान बनाउने भए ल्याउनुस् है !’

खुट्टामा तने चप्पल, पिठ्यूँमा गह्रौँ गरी बोकिएको छ भिर्ने झोला, दुई हातमा रबरमा झुण्ड्याइएका कुकर बनाउने सामान बोकेर गाउँगाउँ डुल्छन् उनी । 

गाउँको गोरेटो बाटोमा उनी बिग्रेका सामान बनाउने विभिन्न सामानको छन्द्रयाङ छुन्द्रुङ आवाजसँगै हिँड्न थालेको पनि वर्षाैं बितिसकेको छ । बिहान ९ देखि साँझ ६ बजेसम्म हरेक दिन उनी यसरी नै आफ्नो दिन बिताउँछन् । 

दिनभरिको उकालीओराली, कच्ची मोटरबाटोको धुलोले छाेपिएको शरीर अनि गोजीभरि कुकरलगायत बिग्रेका इलेक्ट्रोनिक्स भाँडाकुडाँ मर्मत गरी कमाएको पैसा बोकेर साँझ डेरामा फर्किछन् उनी । 

बारा जिल्लाको गढीमाई घर भई विगत सात वर्षदेखि लमजुङको सदरमुकाम बेँसीशहरमा बस्दै आएका उनी हुन् ३३ वर्षीय मनोज साह । 

दाजुबाट सिकेको सीपले स्वरोजगार 

मनोजले १३ वर्षको उमेरमा आफ्ना दाजुसँग सामान मर्मत गर्न सिकेका हुन् । उनका दाजुले भने भारतमा गएर यो काम सिकेको उनी बताउँछन् । 

‘दाइबाट सीप सिक्न मलाई ठ्याक्कै १ वर्ष समय लाग्यो । पढेलेखेको भए छिट्टै सिक्थेँ होला तर, बुबाआमा सानैमा बितेपछि पढ्नै पाइएन ।’

प्रकाशित मिति: : 2020-11-03 10:08:00

प्रतिकृया दिनुहोस्