धादिङमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धादिङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। 

मंगलबार बिहान धादिङबेसीबाट काठमाडौं जाँदै गरेको बा १५ च ३५०४ नम्बरको जीप नीलकण्ठ नगरपालिका ८ ससाह खोला सडकबाट लगभग एक सय मिटर तल खसेको थियो।

दुर्घटनामा त्रिपुरासुन्दरी २ निवासी ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, गल्छी १ का ३० वर्षीय विनोद खतिवडा, नीलकण्ठ नगरपालिका ३ का ३८ वर्षीय आइते नेपाली, सवारी चालक नीलकण्ठ नगरपालिका ७ का २४ वर्षीय विक्रम विश्वकर्मा र काभ्रे जिल्ला रोशी ३ का ३१ वर्षीय चन्द्रलाल ट्वाटी घाइते भएका छन्।

घाइते २ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् र एक जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडाैं लगिएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए।

अन्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई प्रहरी, स्थानीयहरुको सहयोगमा उद्वार गरी धादिङ अस्पताल उपचारका लागि लगिएको हो।

प्रकाशित मिति: : 2020-11-03 15:13:00

प्रतिकृया दिनुहोस्