मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौं: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने वचन दिएका छन्।

अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आफू तयार रहेको बताएका हुन्।

‘मेरोतर्फबाट हुने सबै सहयोग गर्छु। यसका साथै काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गराउने छु,’ उनले भने।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराइन्।

आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो ।

प्रकाशित मिति: : 2020-11-04 22:17:00

प्रतिकृया दिनुहोस्