युवतीलाई दूव्र्यवहार गर्दा विजय राजले गुमाए फिल्म

एक युवतीसँग नराम्रो व्यवहार गरेको मुल्य बलिउड अभिनेता विजय राजले चुकाउनु परेको छ। उनलाई यही काण्डमा विधा बालन अभिनित फिल्म ‘शेरनी’बाट निकालिएको छ। 

उनलाई चलचित्रबाट निकालिएपछि निर्मातालाई दैनिक २० लाख रुपैयाँ घाटा लागेको अखबारले बताएका छन्। 

विजयले आफ्नो पहिलो चरणको सुटिङ सम्पन्न गरिसकेका थिए। उनलाई हटाएपछि उनको स्थानमा अर्को कलाकारलाई पुनः त्यही अभिनयमा सुटिङ गराउने परिरहेको छ। 

विजय राजको २२ दिन लामो सुटिङ थियो। उनलाई चलचित्रबाट निकालिएपछि निर्मातालाई २ करोड रुपैयाँ घाटा लागेको बताइएको छ। 

दुई साताअघि विजय राज बालाघाटस्थित भुतपलासी गाउँमा सुटिङका लागि गएका थिए। 

यही रेन्जर्स विश्वविधालयको सेटमा एक सहायक निर्देशिकाले आफ्नो शरीरलाई नराम्रो नियतले समातेको भन्दै विजय राजको उजुरी गरेकी थिइन। 

विजय राजले यो घटनामा माफी पनि मागेका थिए। तर, पिडित निर्देशिकाले पुलिसमा उजुरी हालेपछि उनलाई चलचित्रबाट निकाल्नु परेको हो।

विजय राज ‘रन’ फिल्ममा ‘कौवा बिर्यानी’ डाइलगबाट चर्चित थिए। उनले धमाल, वेलकम, दिवाने हुए पागल, रघु रोमियो, मुम्बई एक्सप्रेस, बम्बई टु गोवा र मानसुन वेडिङ जस्ता फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2020-11-05 08:08:00

प्रतिकृया दिनुहोस्