बलिउडका पूर्व अभिनेता फराज खानको निधन

बलिउडका पूर्व नायक फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ। ९० को दशकमा ‘फरेब’ र ‘मेहन्दी’ जस्ता फिल्ममा अभिनय गरेको फराज लामो समयदेखि बिरामी थिए। उनको ब्रेनमा इन्फेक्सन भएको थियो। 

बेङ्लुरूको विक्रम अस्पतालमा उनको उपचार भइरहेको थियो। बुधबार उनको निधन भएको जानकारी अभिनेत्री पुजा भट्टले एउटा ट्वीटमार्फत दिइन।

फराजको उपचारका लागि सलमान खानले २५ लाख रुपैयाँ प्रदान गरेका थिए। उनी विगत एक वर्षदेखि बिरामी थिए। फराजका बुवा युसुफ खान पनि कलाकार थिए। उनले ‘अमर अक्बर एन्थोनी’ फिल्ममा जेबिसको भूमिका निर्वाह गरेका थिए। 

फराजले सन् १९९८ मा ‘मेहन्दी’ मा रानी मुखर्जीसँग मुख्य भूमिकामा अभिनय गरेका थिए। यस बाहेक १९९६ मा रिलिज भएको ‘फरेब’, १९९७ मा रिलिज ‘पृथ्वी’ र २००१ मा रिलिज ‘दिल ने फिर याद किया’ मा अभिनय गरेका थिए।

प्रकाशित मिति: : 2020-11-05 11:05:00

प्रतिकृया दिनुहोस्