एसियन कप छनोट

नेपाल दाेस्राे खेलमा पनि पराजित, चीन ०–५ गाेलले विजयी

एएफसी यु– २० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो। नेपालको यो लगातार दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो।

आज खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन्। त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन्। खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो। चीनकी यिनली होङ र लु जुआयुले एक– एक गोल थपे। त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जित दिलाए। यस जितसँगै चीनले छ अङ्क जोडेको छ। चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ। प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो।

प्रकाशित मिति: : 2023-06-08 18:34:00

प्रतिकृया दिनुहोस्