ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेतनाका लागि नयाँ अभियानको शुभारम्भ गरेको छ। 

शनिबारदेखि ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको हो। 

सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउन डमी प्रयाेग गरिन लागिएकाे  महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए।

ट्राफिक प्रहरीले अभियानबाट एक महिनामा १ लाख जनामा ट्राफिक सचेतामा जगाउने लक्ष्य लिएको छ।

 उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ। 

 यसअघि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक डमी राखेको थियो भने त्यो डमी अभियान प्रभावकारी बनेको बताए। 

प्रकाशित मिति: : 2020-11-07 10:19:00

प्रतिकृया दिनुहोस्