पूर्णिमाकालमा चन्द्र

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

 

डिबी खड्का

चन्द्रप्रसाद ढकाल नाम नेपाली व्यावसायिक क्षेत्रमा ‘सफलतता’को समानार्थीजस्तो भएको छ। चन्द्रमा शून्यबाट सुरु भएर पूर्णाकार बन्छ। पूर्ण देखिएको दिनलाई पूर्णिमा भनिन्छ। कृष्णपक्षमा चन्द्र नहुने होइन तर अवरोधहरुले देखिँदैन। तिनै अवरोधहरुसँग जुध्ने साहस र जुधिरहने धैर्य भएका ‘चन्द्र’हरू पूर्णिमा बन्छन्। 

ढकाल अहिले व्यावसायिक जीवनको पूर्णिमाकालमा छन्। उनी जहाँ आफूलाई उभ्याउँछन्, त्यो क्षेत्र रोशनीमय बनिरहेको हुन्छ। रेमिट्यान्स क्षेत्रबाट सुरु भएको उनको व्यावसायिक पूर्णिमायात्रा अहिले बैंकिङ, पयर्टन, जलविद्युत, इन्सयोरेन्स, सूचना प्रविधि र अटो मोबाइलसम्म फैलिएको छ। 

उनलाई लाग्छ, ‘हरेकको जीवनको सुरुवात त्यही बिन्दुबाट हुन्छ। जहाँबाट दायाँ लागियो भने पूर्णिमाको उज्यालो देख्न पाइन्छ र बायाँ लागियो भने औंसीको अँध्यारो।’ उनका अनुसार कता लाग्ने? कहिलेसम्म त्यतातिर यात्रारत रहने? र, केही नदेखिँदा पनि कति आशावादी रहने? भन्ने आफूमा भर पर्छ।

आफू परिवर्तन हुने होइन, समय परिवर्तन हुन्छ। त्यसलाई उपयोग गर्ने हो। सबथोक उही छ। तिनै गाउँका साथी अद्यापि ‘यार’ छन्। ‘फरक यत्ति हो, साइकलको ठाउँमा गाडी छ। मान्छेहरूले परिवर्तन देख्छन् र परिवर्तित व्यवहार गर्छन्,’ उनी भन्छन्, ‘म उही बाग्लुङ, बलेवा अमलाचौरको चन्द्रप्रसाद ढकाल हुँ। जस्तो थिएँ, उस्तै छु।’

परिवर्तन भएका छन्। ती सत्य हुन्। तर, व्यक्ति परिवर्तन भएका होइनन्। उनको व्यवसाय, आर्थिक उन्नति, उमेर र अवस्था बदलिएका हुन्। यी बदलाव त उनी आफैंले गरेका हुन्। यी उनका लागि अपेक्षित परिवर्तन हुन्। जीवनका यी परिवर्तनले कसैलाई पूरापूर परिवर्तन गरिदिन्छ। केही नहुँदा ‘आत्तिएकाहरू’ सबथोक हुँदा ‘मात्तिन’ थाल्छन्। त्यस्ता खालका परिवर्तनले सफलताको पिचरोडबाट फेरि असफलताको धुलेबाटोतर्फ हुत्याउन पनि सक्छ! यस्तो भएका अनगिन्ती उदाहरण छन्। त्यसैले उनी अवस्थाको बदलावसँगै आफूलाई बदल्न चाहँदैनन्। 

प्रकाशित मिति: : 2020-11-08 15:52:00

प्रतिकृया दिनुहोस्