ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीले ज्यान मार्ने मुद्दाका फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। 

दुई हजार जरिवाना र दुई वर्ष कैद फैसला पश्चात फरार रहेका कटहरिया नगरपालिका ४ बस्ने ४० वर्षीय शेख मोकदम देवानलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीविरुद्ध सवारी ज्यान मुद्दाको अभायोगमा जिल्ला अदालत रौतहटले फैसला सुनाएको थियो।

सोमबार बिहान इलाका प्रहरी कार्यालय कटहरियाबाट खटेको टोलीले आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। 

 पक्राउ परेका देवानलाई जिल्ला अदालत रौतहटमा बुझाइएको छ।

प्रकाशित मिति: : 2020-11-09 19:02:00

प्रतिकृया दिनुहोस्