नाबालिकालाई अश्लील सन्देश र तस्वीर पठाएको आरोपमा पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले फेसबुकमा नक्कली आइडी बनाएर नाबालिकाहरुलाई अश्लील सन्देश र तस्वीर पठाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर बालिकालाई अश्लील सन्देश पठाएको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ४ का २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरिएको हाे।

अखिलले बालिकालाई अश्लील सन्देश र तस्वीर पठाएको, बालिकाहरुको बारेमा अश्लील र अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने काम गरेको पाइएकाले विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी एसएसपी नविन्द अर्यालले जानकारी दिए।

उनलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई काठमाडौं महानगरपालिका २७ बाट बिहीबार पक्राउ गरिएको पनि एसएसपी अर्यालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-12 15:41:00

प्रतिकृया दिनुहोस्