खतिवडा, रेग्मी र विश्वकर्मा राजदूतका लागि संसदीय समितिबाट अनुमोदन

संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको तीनै जना राजदूतको नाम अनुमोदन गरेको छ। 

सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री समेत रहेका युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो। 

समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिएका हुन्। 

प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता र क्षमता समितिमा प्रस्तुत गरका थिए।

राजदूतमा सिफारिस हुनु ठिकअघि उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए। 

 

प्रकाशित मिति: : 2020-11-12 18:18:00

प्रतिकृया दिनुहोस्