मन्त्रिपरषदको बैठक रोकियो

आज (शुक्रबार) बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। योसँगै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको सपथ पनि रोकिएको छ। 

शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो। 

बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन्। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो।

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ।  

यसअघि पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारमात्रै खमबहादुर गर्बुजालाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए। 


 

प्रकाशित मिति: : 2025-05-02 10:58:00

प्रतिकृया दिनुहोस्