ससुराली पुगेर श्रीमती र छाेरीमाथि एसिड प्रहार

जनकपुरमा आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका गरिएकाे छ। 

जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २६ वर्षीय आरती साह र तीन बर्षीया रियामाथि एसिड आक्रमण भएकाे हाे।

प्रहरीका अनुसार जानकीनगरमा डेरा गरी बस्ने आरती र रियामाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।

उनलाई केही घण्टामै जनकपुर ४ संकटमोचन मावि नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ। एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको सिग्देलले बताए ।

छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ ।  उनीहरुकाे अहिले जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीव भएको थियो। श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन्।

पक्राउ परेका सञ्जीवलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रामेश बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-14 14:40:00

प्रतिकृया दिनुहोस्