एसिड पीडित आरती साहलाई तत्कालै राहत प्रदान गर: विजय यादव

सामाजिक अभियन्ता विजय यादवले एसिड पीडित आरती साहलाई प्रदेश सरकारले तत्कालै राहत प्रदान गर्नुपर्ने माग राखेका छन्।

घरायासी झगडामा परी श्रीमानले जनकपुरधाम उप-महानगरपालिका २० देवपुरा रुपैठा बस्ने तथा हाल जनकपूरको पोठिया बजार बस्ने आरती साह र उनकी छोरीमाथि एसिड प्रहार गरेपछि सामाजिक अभियन्ता यादवले आरतीलाई सहयोग गर्न माग राखेका हुन्l 

उनले पीडित आरतिलाई प्रदेश सरकारको तर्फबाट राहत स्वरूप १० लाख तत्काल प्रदान गर्नुपर्ने, दोषिलाई कडाभन्दा कडा सजायको सुनिश्चिता गर्नुपर्ने माग गरेका हुन l 

गत शनिबार दीपावली कै दिन २२ वर्षीय आरतीमाथी उनकै श्रीमान संजीव साहले एसिड प्रहार गर्दा शरिरको २० प्रतिशत भाग जलेको हो l 

उनको उपचार अहिले अस्पतालमा भइरहेको छ l गत वर्ष वीरगञ्जकी मुस्कान खातुनलाई एसिड प्रहार गरिएको थियो l 

उनलाई प्रदेश दूई नम्बरका मुख्यमन्त्री लालबाबू राउतले ५ लाख रुपैयाँ सहयोग गर्दै जति खर्च लागे दिने निर्णय गरेका थिए। मुस्कान अहिले सकुशल छन्l

प्रकाशित मिति: : 2020-11-18 13:14:00

प्रतिकृया दिनुहोस्